You are viewing the translated version of शेयर बिक्री गर्न स्वीकृति लिनुपर्ने.

Section 14
शेयर बिक्री गर्न स्वीकृति लिनुपर्ने
(१) अनुमतिपत्र प्राप्त संस्थाले खानेपानी तथा सरसफाइ:सेवाको बीस प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्नु पर्न भएमा मन्त्रालयले तोकेको अधिकारीको स्वीकृति लिनु पर्नेछ।

(२) उपनियम .((१) बमोजिम शेयर बिक्री गर्दा खानेपानी तथा सरसफाइ सम्बन्धी अनुभव प्राप्त गरेको सङ्गठित संस्थालाई मात्र बिक्री गर्न सकिनेछ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र प्राप्त गरेको दुई वर्षसम्म शेयर बिक्री गर्न पाउने छैन।